लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Published on

काठमाडौं । रुकुमपश्चिमका चार स्थानीय तहले गत आर्थिक वर्ष २०८०\८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । छ वटा स्थानीय तह रहेको यस जिल्लामा दुई स्थानीय तहले भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् ।

चौरजहारी, आठबिसकोट नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका छन् तर मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् । ४५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको बाँफीकोट गाउँपालिकाले ७१ लाख ७७ हजार २९९ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । बाँफीकोटले २६ लाख ७७ हजार २९९ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आठबिसकोट नगरपालिकाले गत वर्ष दुई करोड ८१ लाख ३२ हजार ९५५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उसले दुई करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

त्यसै गरी जिल्लामा सबैभन्दा बढी चौरजहारी नगरपालिकाले राजस्व उठाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार नगरपालिकाले तीन करोड नौ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । चौरजहारीले दुई करोड ६६ लाख राजस्व सङ्कलनको लक्ष्य तोकेको थियो । उहाँले नगर बस, एम्बुलेन्स, एक्साभेटर, मालपोत करलगायतको करले गर्दा लक्ष्य पूरा गर्न सकिएको बताउनुभयो । एक करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएको त्रिवेणी गाउँपालिकाले एक करोड एक लाख ५६ हजार २४८ रुपियाँ सङ्कलन गर्न सफल भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...