लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Published on

काठमाडौं । रुकुमपश्चिमका चार स्थानीय तहले गत आर्थिक वर्ष २०८०\८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । छ वटा स्थानीय तह रहेको यस जिल्लामा दुई स्थानीय तहले भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् ।

चौरजहारी, आठबिसकोट नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका छन् तर मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेका छैनन् । ४५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको बाँफीकोट गाउँपालिकाले ७१ लाख ७७ हजार २९९ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । बाँफीकोटले २६ लाख ७७ हजार २९९ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आठबिसकोट नगरपालिकाले गत वर्ष दुई करोड ८१ लाख ३२ हजार ९५५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । उसले दुई करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

त्यसै गरी जिल्लामा सबैभन्दा बढी चौरजहारी नगरपालिकाले राजस्व उठाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार नगरपालिकाले तीन करोड नौ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । चौरजहारीले दुई करोड ६६ लाख राजस्व सङ्कलनको लक्ष्य तोकेको थियो । उहाँले नगर बस, एम्बुलेन्स, एक्साभेटर, मालपोत करलगायतको करले गर्दा लक्ष्य पूरा गर्न सकिएको बताउनुभयो । एक करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य लिएको त्रिवेणी गाउँपालिकाले एक करोड एक लाख ५६ हजार २४८ रुपियाँ सङ्कलन गर्न सफल भएको छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...