प्रसूति सेवा लिनेको सङ्ख्यामा वृद्धि

Published on

काठमाडौं । रौतहटको प्रादेशिक अस्पताल गौरमा प्रसूति सेवा लिने आउनेको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले सेवा सुविधामा व्यापक सुधार गरेपछि सुरक्षित प्रसूति सेवा लिन प्रादेशिक अस्पतालमा आउने गर्भवती महिलाको सङ्ख्यामा वृद्धि भएको हो । प्रादेशिक अस्पताल गौरमा अहिले दैनिक २०–२२ जना गर्भवती महिला प्रसूति सेवा लिन आउने गरेका छन् । त्यसमध्ये तीनदेखि चार जना गर्भवती महिलाको शल्यक्रियाबाट प्रसूति सेवा दिने गरेको प्रादेशिक अस्पताल गौरका मेसु डा। मुरारी ठाकुरले बताउनुभयो । प्रादेशिक अस्पताल गौरमा प्रसूति विशेषज्ञ चिकित्सकसहित १४ जनाभन्दा बढी नर्सिङ कर्मचारीहरु रहेका छन् । यहाँ चौबिसै घण्टा सेवा प्रदान गर्ने गरिन्छ । निजी अस्पतालमा प्रसूति गराउँदा खर्च धेरै हुने गरेको तर सरकारी अस्पतालमा प्रभावकारी ढङ्गले प्रसूति सेवा प्राप्त हुने गरेका कारण गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

यस्तै अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य सेवाको मध्यनजर राख्दै आइसियु सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे मेसिन, इसिजी सेवा, ओपिडी, इमरेजेन्सी सेवा, वार्ड सेवा, शल्यक्रिया व्यवस्थापन, प्रसूति सेवा, जेनरल सर्जरी निःशुल्क औषधी, ब्लड बैंक सेवा, २४ घण्टा ल्याब जाँच सुविधा लगायत समूचित खानेपानी, सरसफाईमा सुधार गरेपछि मधेश प्रदेशको अस्पतालमध्ये प्रादेशिक अस्पताल गौर ८९ अङ्क ल्याई दोस्रो स्थान ल्याउन सफल भएको डा। ठाकुरले जानकारी दिनुभयो । मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य बाबुलाल साहले मेसु डा। ठाकुर आएपछि अस्पतालको स्वास्थ्य सेवामा विगतभन्दा व्यापक सुधार भएको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...