प्रसूति सेवा लिनेको सङ्ख्यामा वृद्धि

Published on

काठमाडौं । रौतहटको प्रादेशिक अस्पताल गौरमा प्रसूति सेवा लिने आउनेको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले सेवा सुविधामा व्यापक सुधार गरेपछि सुरक्षित प्रसूति सेवा लिन प्रादेशिक अस्पतालमा आउने गर्भवती महिलाको सङ्ख्यामा वृद्धि भएको हो । प्रादेशिक अस्पताल गौरमा अहिले दैनिक २०–२२ जना गर्भवती महिला प्रसूति सेवा लिन आउने गरेका छन् । त्यसमध्ये तीनदेखि चार जना गर्भवती महिलाको शल्यक्रियाबाट प्रसूति सेवा दिने गरेको प्रादेशिक अस्पताल गौरका मेसु डा। मुरारी ठाकुरले बताउनुभयो । प्रादेशिक अस्पताल गौरमा प्रसूति विशेषज्ञ चिकित्सकसहित १४ जनाभन्दा बढी नर्सिङ कर्मचारीहरु रहेका छन् । यहाँ चौबिसै घण्टा सेवा प्रदान गर्ने गरिन्छ । निजी अस्पतालमा प्रसूति गराउँदा खर्च धेरै हुने गरेको तर सरकारी अस्पतालमा प्रभावकारी ढङ्गले प्रसूति सेवा प्राप्त हुने गरेका कारण गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

यस्तै अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य सेवाको मध्यनजर राख्दै आइसियु सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे मेसिन, इसिजी सेवा, ओपिडी, इमरेजेन्सी सेवा, वार्ड सेवा, शल्यक्रिया व्यवस्थापन, प्रसूति सेवा, जेनरल सर्जरी निःशुल्क औषधी, ब्लड बैंक सेवा, २४ घण्टा ल्याब जाँच सुविधा लगायत समूचित खानेपानी, सरसफाईमा सुधार गरेपछि मधेश प्रदेशको अस्पतालमध्ये प्रादेशिक अस्पताल गौर ८९ अङ्क ल्याई दोस्रो स्थान ल्याउन सफल भएको डा। ठाकुरले जानकारी दिनुभयो । मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य बाबुलाल साहले मेसु डा। ठाकुर आएपछि अस्पतालको स्वास्थ्य सेवामा विगतभन्दा व्यापक सुधार भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...