सुन तोलाको डेढ लाख

Published on

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रकर्ड कायम गरेको छ । शुक्रबार तोलामा पाँच सय रुपियाँ वृद्धि भएर सुनको मूल्य डेढ लाखनजिक पुगेर नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २ गते प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपियाँमा कारोबार भएर दुई साता ओरालो लागेर एक लाख ४५ हजार रुपियाँमा झरेको थियो । गत आइतबारदेखि सुनको मूल्य पुनः उकालो लाग्न थालेपछि सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मध्यपूर्वमा बढ्दो तनाव, कमजोर अमेरिकी आर्थिक आँकडा र अमेरिकी फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउने हल्लासँगै सुनको मूल्य बढ्न थालेको बताइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले इजरायल–हमास, रुस–युक्रेनको युद्धका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको जानकारी दिनुभयो । युद्ध, भूराजनीतिसँगै जति धेरै अस्थिरता बढ्दै गयो त्यति सुनको मूल्य बढ्ने हुँदा मूल्य निरन्तर बढ्दै जान्छ, शाक्यले भन्नुभयो । “अमेरिकी फिडरल रिर्जभ बैङ्कले ब्याजदर ०.२५ प्रतिशतदेखि ०.५० प्रतिशत घटाउने हल्लासँगै सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको उहाँले बताउनुभयो । आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य थप बढ्ने देखिएकाले त्यसको प्रभाव नेपालमा समेत पर्छ । लगातार सुनको मूल्य बढ्दा उपभोक्ता र व्यवसायी मारमा परेका छन् । पछिल्लो एक सातामा बजारमा सुनको मूल्य तोलामा चार हजार दुई रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो साताको पहिलो दिन प्रतितोला एक लाख ४५ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर एक लाख ४६ हजार एक सय रुपियाँमा कारोबार भएको थियो । मङ्गलबार एक सय रुपियाँ घटेर तोलामा एक लाख ४६ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक लाख ४७ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...