व्यवसाय विस्तार गर्ने कम्पनीको रणनीति

Published on

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको निर्जीवन बिमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न प्रयत्नशील रहन राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई आग्रह गर्नुभयो । सरकारी स्वामित्वको कम्पनी भएकाले सबैभन्दा ठुलो व्यवसाय बनाउँदै देशको अग्रणी कम्पनी बन्न उहाँको आग्रह थियो । नियामकले तोकेको पुँजी पुयाउने, रोकिएको लेखा परीक्षण समयमै सम्पन्न गरी संस्थाको विश्वसनीयता माथि उठाउने गरी काम गर्न पनि उहाँको आग्रह थियो । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले पाँच दशकभन्दा लामो निर्जीवन बिमा व्यवसायको इतिहास बोकेको कम्पनीले देशमा बिमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा महìवपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयो । कम्पनीले बिमा व्यवसायको विस्तार र सुदृढीकरणमा अग्रणी भूमिका खेल्दै प्रतिस्पर्धात्मक बजारमा कम्पनीको दरिलो उपस्थितिका लागि विविध जटिलता, कठिनाइ, चुनौती एवं सम्भावना सँगसँगै जोडिएको उहाँले बताउनुभयो ।

कम्पनीले आर्थिक वर्ष २०६८\६९ देखि आव २०७२\७३ सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने आव २०७३\७४ र आव २०७४\७५ को वित्तीय विवरण तयार भई सम्बन्धित नियामक निकायबाट स्वीकृतिको चरणमा रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । यसै आवभित्रमा कम्तीमा दुई आवको साधारण सभा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आव २०७६\७७ को अन्तिम लेखा परीक्षण भइरहेको, बिमाङ्कीय मूल्याङ्कनसहित आव २०७७\७८ र आव २०७८\७९ को अन्तिम लेखापरीक्षण यथाशीघ्र प्रारम्भ गर्ने र उक्त आवका साधारण सभासमेत सम्पन्न गर्ने अथक प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। शिवहरि श्रेष्ठले सरकारले लिएको बिमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रमहरूमार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बिमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताउनुभयो ।

व्यावसायिक अवसरलाई आफ्नो पक्षमा सुनिश्चित गर्न र नयाँ व्यावसायिक क्षेत्रको पहिचान गरी व्यवसाय विस्तार, कार्यदक्षता र व्यावसायिकता अभिवृद्धि गर्न कम्पनी निरन्तर लागिपरेको उहाँले बताउनुभयो । कम्पनीले स्थापना कालदेखि व्यवसाय अभिवृद्धिमा जोड दिएको र फलस्वरूप व्यवसायमा क्रमशः वृद्धि गर्दै मुनाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो । नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले गुणस्तरीय सेवा र दाबी भुक्तानीका लागि मुख्य गरी जोखिमाङ्कन विभाग र पुनर्बिमा विभागलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि कर्मचारीको उचित व्यवस्थापनमा ध्यान दिन पनि उहाँको सुझाव थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारी, कम्पनीका सञ्चालक तथा नेपाल बैङ्कका प्रमुख वित्त अधिकारी प्रकाश अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालगायतको सहभागिता रहेको थियो । कम्पनीले २०७१ असार २७ गते बिमा समितिबाट निर्जीवन बिमकको इजाजत प्राप्त गरी २०७१ साउन १८ गतेदेखि निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...