कुमाल समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्न सीप प्रदान

Published on

काठमाडौं । कुमाल समुदायको आयआर्जनमा वृद्धि गर्नुका साथै माटाका भाडाहरुको संरक्षण गर्नका लागि सीप प्रदान गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो ।

कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको हो । तालिमबाट बुद्धको मुर्ती, कप,खुत्रुके, गमला, हाँडी जस्ता १५ प्रकारका माटाका भाडा बनाउन सिक्नुका साथै आफ्नै उद्योग खोलेर काम गर्ने सक्ने भएको तालिममा सहभागी उज्याला कुमालले बताउनुभएको छ । तालिम पश्चात काम र दाम दुवै कमाउन सक्ने भएको विष्णु कुमालले बताउनुभयो । अब आफूलाई आवश्यक पर्ने पैसाका लागि कसैको मुख ताक्न नपर्ने र आफै सक्षम भएको उहाँको भनाइ छ ।

सहभागीले सिकेको सीपलाई प्रविधिसंग जोड्न कार्यालले सात वटा जातो, एउटा माटो पेल्ने मेसिन र पेन्टिङ टेवलसमेत प्रदान गरेको छ । पुस्ता हस्तान्तरणको लागि पुराना र नयाँ पुस्तालाई समेटेर तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा अल्लो, बासका सामग्रीका साथै डल, कुसन र पार्लरका तालिमहरु प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । स्थानीय स्तरमै उपलब्ध हुने सामग्रीहरुले प्लाष्टिकका भाडा विस्थापित गर्ने सहयोग पुग्ने र आत्मनिर्भर बन्न सक्ने कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...