तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु : इजरायली चिकित्सक

Published on

काठमाडौं । इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले शङ्कास्पद प्यालेष्टिनी आक्रमणकारीले छुरा प्रहार गरेको तर आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको बताएको छ । गाजामा इजरायल–हमास युद्धसुरु भएको करिब १० महिनापछि क्षेत्रीय तनाव बढिरहेका बेला इजरायलको व्यापारिक केन्द्र तेल अभिभको बाहिरी भागमा पर्ने होलोनका विभिन्न स्थानमा आक्रमण भएको म्यागेन डेभिड एडोम नामक आपतकालीन सेवा बलले जनाएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैङ्ककका ती संदिग्धलाई घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले निष्प्रभावी’ बनाएको बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणको केही समयपछि गम्भीर घाइते भएकी ७० वर्षीया महिलाको मृत्यु भएको म्यागेन डेभिड एडोमले जानकारी दिएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । ७० वर्षीय वृद्धको अवस्था गम्भीर रहेको, ६८ वर्षीय एक जना गम्भीर घाइते भएको र २६ वर्षीय पुरुषको अवस्था सामान्य रहेको सो संस्थाले जनाएको छ ।

“यो एक जटिल र कठिन आतङ्कवादी हमला थियो, पीडितहरू एक अर्काबाट लगभग ५०० मिटरको दूरीमा तीन अलग–अलग स्थानमा फेला परेका थिए,” म्यागेन डेभिड एडोमले भनेको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...