साहित्यकार गैरेको ‘मोहोर’ विमोचन

Published on

काठमाडौं । कोहलपुरका साहित्यकार सागर गैरेको तेस्रो कृति उपन्यास ‘मोहोर’ को विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको एक कार्यक्रममा प्राध्यापक डा। कृष्ण प्रसाद घिमिरे, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जान, लेखकका पिता तथा उपन्यासका मुख्य पात्र घनश्याम गैरे, लेखककी पत्नि यशोदा गैरे र लेखक सागर गैरेले संयुक्त रुपमा उपन्यास ‘मोहोर’ को विमोचन गर्नुभएको हो । सो अवसरमा उपन्यासका बारेमा चर्चा गर्दै प्राध्यापक डा। जनार्दन आचार्यले उपन्यासमा चौरासी वर्ष पार गरिसक्नुभएका आफ्ना बाको जीवन र कर्मका अनेकौं चित्र उतारिएको बताउनुभयो । उहाँले सामाजिक संघर्ष, पारिवारिक संघर्षका क्रममा एउटा आम मान्छकोे भोगाइजस्तै बाले भोगेका पीडा, अभाव र त्यसबाट प्राप्त गरेका तीता–मीठा अनुभूति उपन्यासमा समेटिएकोले यो कथा गैरे परिवारका लागि मात्र नभई आमपाठकका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

यसैगरि समालोचक तथा उपप्राध्यापक हरि प्रसाद तिमिल्सिेनाले मोहोरले मानिस किन एक ठाउँमा अर्को ठाउँमा बसाइँ सर्छ रु उसको चरित्र किन अस्थिर हुन्छ र आफ्ना थातथला, नातागोता, कुटुम्ब किन छोड्न तयार हुन्छ भन्ने दार्शनिक पाटोलाई चिरफार गरेको बताउनुभयो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, प्रतिष्ठानका कानुनी सल्लाहकार सन्तोषी बिष्ट लगायतले उपन्यासबारे आफ्नो धारणा राख्नुभयो । उपन्यासका लेखक गैरेले यसअघि २०७७ सालमा कोरोनाको अवस्था झल्काउने निबन्ध संग्रह ‘लकडाउन’ र २०७८ सालमा ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा प्रकाशित गरिसक्नुभएको छ । उपन्यास ‘मोहोर’ उहाँको तेस्रो कृति हो । विमोचन कार्यक्रमा करिब डेढ सय जना साहित्यकार र साहित्य प्रेमीहरुको उपस्थिति रहेको थियो । गैरेको उपन्यासमा राणाकाल, सात सालको क्रान्ति र सहीदहरू, राजतन्त्र, बहुदल, माओवादी जनयुद्ध, गणतन्त्रसम्मका नेपालले अँगालेको शासन व्यवस्थामा आममान्छेका बुझाइ र भोगाइ तथा सामाजिक–आर्थिक प्रभाव नै किताबको अन्तर्वस्तु बनाइएको छ । यो उपन्यास पहाड र तराईको बसाई सराईको कथा भएको लेखक गैरेले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...