देश सुहाउँदो शिक्षा आवश्यक : महर्जन

Published on

काठमाडौं । शिक्षा सेवा आयोगका सदस्य नन्दकुमारी महर्जनले देशको माटो सुहाउँदो शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ ।

उच्च शिक्षाका लागि विदेशमा गएर विद्यार्थी नफर्किने भएकाले देशको विकास र समृद्धि सोहीअनुसार हासिल गर्न नसकेको बताउँदै उहाँले सो कुरा बताउनुभएको हो । कीर्तिपुरस्थित उज्ज्वल शिशु निकेतन एकेडेमीको एसइई दीक्षान्त तथा बिदाइ कार्यक्रममा उहाँले उच्च शिक्षा लिएर स्वदेशमा आएर नेपाली समाज र देशको विकास र प्रगतिमा हातेमालो गर्न आह्वान गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा।डा। शिवशरण महर्जनले रोजगारीको नाममा बिदेसिएका विद्यार्थीले भोग्नुपरेका समस्या र दक्ष मानवशक्ति स्वदेशमा कम हुँदा विकास निर्माण ढिलासुस्ती हुँदा नेपाल विकासमा पछि परेको बताउनुभयो । गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनले ‘लर्न एण्ड अर्न’ मा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा दीक्षित विद्यार्थी सुविधा अधिकारी र कक्षा १० का छात्रा जोली नकर्मीले नेपाली शिक्षा पनि उत्कृष्ट रहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...