कटान रोक्न जैविकीय तटबन्ध लगाइँदै

Published on

काठमाडौं । सप्तकोशी नदीको कटान रोक्न जलाल क्षेत्रमा स्थानीयले जैविक तटबन्ध लगाउन थालेका छन् । सुनसरीको श्रीलङ्का टप्पुमा पर्ने जलाल, सिसौली घाट र चिलैया क्षेत्रमा नदीको कटान तीव्र भएपछि स्थानीयले जैविक तटबन्ध लगाउन थालेका हुन् । रुखका हाँगा, माटो भरेको बोरा र डोरीको प्रयोग गरेर जैविक तबन्ध लगाउन थालेको स्थानीय बद्री राईले बताउनुभयो । कोशीमा पानीको बहाव घटेपछि वराहक्षेत्र नगरपालिका वडा नम्बर–६ र ९ मा पर्ने टप्पुमा एक हप्ताअघिदेखि कटान हुँदै आएको छ । नदीले कटान गर्न थालेसँगै श्रीलङ्का टप्पुका स्थानीयमा त्रासदी छाएको छ । स्थानीयले श्रमदान गरेर कटान भएको क्षेत्रमा जैविकीय तटबन्ध बनाउन थालेका छन् । टप्पु क्षेत्रमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो ।

सो टप्पुको जलाल, शिशौली घाट र चिलैया गाउँमा वर्षाको चार महिना कटानको जोखिम हुँदै आएको छ । रुखका हाँगा, बाँस, सेउला र बोरामा माटो भरेर तत्कालका लागि कटान रोक्ने काममा जुटेको बताउनुभयो । वराहक्षेत्र नगरपालिकाले माटो भर्ने बोरा उपलब्ध गराएपछि स्थानीय कटान रोक्न जुटेका हुन् । साउनको दोस्रो हप्तादेखि नदीको पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टप्पुका छ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । टप्पु क्षेत्रमा आठ सय मिटरभन्दा बढी नदीले कटान गरिसकेको वराहक्षेत्र वडा नं. ६ का वडाध्यक्ष उद्धव पोखे्रलले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीको कटान तीव्र भएकाले एकतिर रोक्यो अर्कोतिर कटान हुन्छ । कटान रोकथाम गर्न सबैजना लागि परे पनि समाधान हुन सकेको छैन, रोकथामको थप प्रयासका लागि भारतीय जलसंसाधनलाई पत्राचार गरेका छौँ ।” वराहक्षेत्रको वडा नम्बर ६ र ९ बेलकाको २ र ३ वडा टप्पुमा पर्छ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टप्पुमा सात हजार जनसङ्ख्याको बसोबास छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...