सडक विभागको वार्षिक समिक्षा

Published on

काठमाडौं । सडक विभागले आर्थिक वर्ष २०८०\८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समिक्षा गरेको छ । समिक्षामा वार्षिक समयमा आयोजनाका लागि रकमान्तर स्वीकृत नहुनुु, आयोजना तथा योजनाको आवश्यकताअनुसार बजेट विनियोजन नगरिनु, निर्माण सामग्रीको प्रयोगसम्बन्धि नीतिगत स्पष्टता नहुनु तथा निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा आशातित नतिजा देखाउन नसकेको विषय उठाइएको थियो ।

त्यस अवसरमा सहभागीहरुले सडक विस्तार तथा मर्मतसम्भारका क्रममा वन मन्त्रालय तथा वन विभागले सहजीकरण नगर्दा सडक निर्माणमा र विस्तारमा समस्या भएको गुनासो गरे । विद्युतका पोल, खानेपानी र ढलका समस्या समाधानका लागि समयमा समन्वय भई उचित समाधान नहुनु बजेट तथा योजना कार्यान्वयनमा बाधक भएको सहभागीले उल्लेख गरेका छन् । स्वीकृति नलिई, आवश्यक सम्भावना अध्ययन प्रतिवेदन तयार नगरी प्रदेश र स्थानीय तहले राजमार्गलाई प्रभावित गर्ने गरी शाखा सडक विस्तार गर्नु समस्याका रुपमा देखिँदा अपेक्षित प्रगति हुन नसकेको उहाँहरुको तर्क थियो । सडक विस्तारका क्रममा मुआब्जा वितरणका लागि आवश्यक बजेटको विनियोजन तथा व्यवस्थापन नहुनु समस्याका रुपमा देखिएको सहभागी कार्यालय प्रमुखहरुको भनाइ थियो । शनिबारदेखि सुरु भएको प्रगति समिक्षा गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव भीमार्जुन अधिकारी, सुशीलबाबु ढकाल, कृष्णराज पन्त, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विभागका उपमहानिर्देशक, इन्जिनियरलगायत सडक विभाग माताहातका कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको छ । रासस

ताजा समाचार

विकास निर्माणका अधुरा कामलाई गति दिइन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार...

स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन...

गृहमन्त्री रमेश लेखकको भनाइ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनै पनि सम्झौता नगर्न मातहतका...

किशोरीहरुले मुख्यमन्त्रीलाई सुनाए पुथाउत्तरगङ्गाको समस्या

काठमाडौँ । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट...