आर्मीमाथि एनआरटीको फराकिलो जित

Published on

काठमाडौं । न्युरोड टिम (एनआरटी) क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले आर्मीलाई ४–२ गोलले हरायो । एनआरटीको जितमा कप्तान विज्ञान खड्काले ह्याट्रिक गर्नुभयो । अर्को गोल सन्तोष गोन्ग्बाले थप्नुभयो । आर्मीका लागि भुवन कामी र अनुभव पुरीले एक एक गोल फर्काउनुभयो । जितसँगै सात खेलबाट १६ अङ्क बनाएको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अङ्क बनाएको आर्मी १०औँ स्थानमा छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...