हात्तीलाई समेत भगाउने बाघ नियन्त्रणमा

Published on

काठमाडौं । चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको छ । दिनभर फिल्डमा खटिनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाघको डार्ट टिङ्कुलाइजर सफल भएको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दिनभरको प्रयास र थप हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ भएको बताउनुभयो ।

आइतबार बिहान ५:२० बजे भरतपुर महानगर–२, बेलटाँडीका पशुपति श्रेष्ठलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको थियो । आक्रमणपछि उक्त बाघ नजिकैको भरतपुर महानगर–१, नारायणगढ क्षेत्रको ढलको पानी प्रशोधनका लागि बनाएको नर्कट र केराको झाडीमा लुकेको थियो । बाघ खोजीका लागि प्रयोग गरिएका तीन हात्तीमध्ये दुई हात्ती बाघको गर्जनपछि भागेका र साँझ सौराहा क्षेत्रबाट थप दुई हात्ती ल्याएर खोजी कार्य सफल पारिएको थियो । दिउँसो भागेका दुई हात्तीमध्ये एउटा हात्ती भरतपुर–२६, सिसुवारमा फेला परेको तर अर्को हात्तीको खोजी भइरहेको छ । उक्त हात्ती भरतपुर–१९ पुगेको जानकारी निकुञ्जले दिएको छ । घाइते श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...