लुम्बिनी विकास कोष र सांस्कृतिक नगरपालिका जनप्रतिनिधिबीच छलफल

Published on

काठमाडौं । बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका सम्बन्धमा लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा बुद्धजन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी अशान्त छ भन्ने सन्देश दिनेगरी गतिविधि नगर्न र स्थानीय तहका जनप्रतिनिधिले लुम्बिनीलाई साँच्चिकै शान्तिस्थलका रूपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति रहेको कुरा स्वीकार गर्दै कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताउनुभयो । उहाँले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीका आस्थाको केन्द्र भएकाले यहाँका विषयमा सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले युनेस्कोले खतराको सूचीमा नराख्ने निर्णय भए पनि यसको संरक्षणका लागि कोषसँगै स्थानीय सरकार र स्थानीयवासीले सहयोग गर्नुपर्ने बताउनुभयो । लुम्बिनीभित्रको संरचनाले मात्रै खतरामा नपरेको बताउँदै वातावरण प्रदूषण, ‘प्रोक्वाक’ले भनेको शान्ति सहरजस्ता विषयमा प्रश्न उठेकाले यस विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले चासो र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहे पनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीले गुनासो गरेकामा दुःख व्यक्त गरेका थिए । छलफलमा भन्ते विवेकानन्द, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई, विहारका प्रतिनिधिले बोलेका थिए । कार्यक्रमम लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक, कोषका विभागीय प्रमुख, विहारका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडाअध्यक्षहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए । कोषका पदाधिकारीसहित नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्ष, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुसहितको उपस्थितिमा छलफल भएको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...