सुदूरपश्चिममा कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ ।

थापालाई आर्थिक मामिलामन्त्री, खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय बैठकले गरेको हो । यसैगरी, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री बनाउने निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव एवम् मुख्यमन्त्रीको निजी सचिवालयका नृप सुनारले जानकारी दिनुभयो । नेकपा (एमाले) ले दुई र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिने सहमति गरिएको छ । एमालेले वीरबहादुर थापा, सुरेन्द्र पाल, हीरा सार्कीलाई मन्त्री र निर्मला साउँदलाई राज्यमन्त्री बनाउने निष्कर्षमा पुगे पनि निर्णय गर्न बाँकी रहेको जनाइएको छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...