सुनको मूल्य तोलाको एक लाख ५० हजार

Published on

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु। एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु। एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु. तीन सयले वृद्धि भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु। तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु। एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु। एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु। एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । रासस

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...