सहायक सीमा स्तम्भ कटानको जोखिममा

Published on

काठमाडौं । धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०\२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ ।

जमिन कटान गर्दै मोहना नदी पिल्लर नजिक पुगेपछि जोखिम बढेको हो । कटानको उच्च जोखिममा परेको सहायक पिल्लरलाई बोराको अस्थायी तटबन्ध बनाएर मुस्किलले जोगाएको सशस्त्र प्रहरी उपरीक्षक बलबहादुर पाण्डेयले बताउनुभयो । उहाँले सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मिलेर कटानको जोखिममा रहेको पिल्लर वरिपरि बोरा हालेको जानकारी दिनुभयो । “हामीले बडो मिहिनेत गरेर कटान हुनबाट पिल्लर जोगाएका छौँ”, उहाँले भन्नुभयो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...