प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’

Published on

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बढेका छ । देशमा अशान्ति बढ्दै जाँदा प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना बढेको प्रधानमन्त्री हसिनाका वरिष्ठ सल्लाहकारले सोमबार एएफपीसँग बताउनुभएको हो । उहाँले भन्नुभयो, “राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठेपछि उहाँको राजीनामाको ‘सम्भावना’ रहेको बताउनुभएको हो । “राजनीतिक अवस्था तरल बनेको छ । सम्भवतः उहाँले राजीनामा दिनुहुन्छ । तर यो कसरी हुन्छ मलाई थाहा छैन,” नाम नबताउने शर्तमा प्रधानमन्त्री निकट एक सहयोगीले भन्नुभयो ।

यसैबिच प्रधानमन्त्री हसिनाका छोराले सोमबार देशको सुरक्षा बललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी सन्देशमा कुनै पनि गैर–निर्वाचित समूहबाट हुनसक्ने सत्ता कब्जा रोक्न आग्रह गर्नुभएको छ । हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका सजीब वाजेद जोयले फेसबुकमा लेख्नुभएको छ, “हाम्रो कर्तव्य हाम्रा जनता र हाम्रो देशलाई सुरक्षित राख्नु र संविधानको पालना गर्नु हो । यसको अर्थ कुनै पनि अनिर्वाचित सरकारलाई एक मिनेट पनि सत्तामा आउन नदिनुहोस्, यो तपाईंको कर्तव्य हो ।” रासस\एएफपी

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...