हाडहाडेका चार सय घरमा खानेपानीका धारा

Published on

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर – ३, हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा जडान गरिएको छ। यस वडामा सञ्चालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट व्यक्तिगत घरमा र सार्वजनिक संस्था गरेर कुल ३९२ वटा धारा जडान गरिएको हो।

आर्थिक वर्ष २०७६\०७७ मा निर्माण कार्य सुरु भएको खानेपानी आयोजना चार वर्षपछि सम्पन्न भएसँगै यहाँका ३८८ घरमा खानेपानी पुगेको छ। सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका संस्थामा पनि यसै आयोजनाको पानी जडान गरिएको छ। आयोजना सम्पन्न भएसँगै हाडहाडेमा कुल ५५९ घरमा धारा पुगेको छ। यसै आर्थिक वर्षमा हाडहाडेलाई ‘एक घर, एक धारा’ घोषणा गर्ने गरी आफू लागेको वडा अध्यक्ष पदमबहादुर विष्टले जानकारी दिनुभयो। आयोजनाको दीगो सञ्चालनको लागि उपभोक्ताहरुलाई आग्रह गर्नुहुँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पुरा गर्न थालेको बताउनुभयो। चार करोड लागतमा यस ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाको सम्पन्न भएको हो। गाउँपालिकाले वडा नम्बर –१ नयाँगाउँ, वडा नम्बर –४ जैसिथोक र वडा नम्बर –६ रजस्थल गरी तीन वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरिएको छ। गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...