‘मुलुक विकासको नयाँ युगमा प्रवेश’

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराईरमधेश द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो । मकवानपुरको बकैया गाउँपालिकास्थित सोमबार आयोजित धेद्रे सुरुङमार्ग छिचोलिने कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । नेपाली सेनाका अनुसार प्रधानमन्त्री ओलीले विद्युतीय ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । विस्फोट भएसँगै छिचोल्न बाँकी रहेको भाग भत्केर सुरुङ वारपार भएको थियो । उहाँले आयोजनाको काम नयाँ प्रविधियुक्त ढङ्गले अगाडि बढिरहेकोमा खुसी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । छिचोलिएको सुरुङको लम्बाइ १.७२८ किमी छ ।

उहाँले सुरुङ मार्गसँगै मुलुक विकासको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अब पूर्वाधार विकासको यो गति नरोकिने बताउनुभयो । राष्ट्रिय गौरवको यो द्रुतमार्ग निर्माणले देशमा केही भएन भन्ने भाष्यलाई खण्डन गरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग समेत जोडिएको बताउनुभयो । उहाँले खोकनाको जग्गामा राजनीति मात्रै नभई अरू चिजसमेत मिसिएको दाबी गर्नुभयो । विगतमा अपेक्षित रफ्तारमा पूर्वाधार विकास हुन नसकेको बताउँदै उहाँले अब मुलुकको विकासको नमुना यो द्रुतमार्ग बन्ने दाबीसमेत गर्नुभयो । सो अवसरमा उहाँले पूर्वाधार विकासका नयाँ आयोजना थप्नुभन्दा चालु अवस्थामा रहेका आयोजनालाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै उहाँले द्रुतमार्गलगायतका पूर्वाधार विकासले यी लक्ष्यलाई मूर्त रूप दिन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना द्रुतमार्गको निर्माण निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै आयोजना निर्माण कार्यमा सरकारलगायत सम्बद्ध निकायबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । २०८३ चैत मसान्तसम्म म्याद थप गरिएको यो आयोजनाको काम १३ प्याकेजमा भइरहेको छ ।

भौतिक प्रगति ३६ प्रतिशत

नेपाली सेनाको व्यवस्थापनमा काम सुरु भएको यस आयोजनाको अहिलेसम्मको भौतिक प्रगति करिब ३६ प्रतिशत छ । सरकारले २०७४ वैशाखमा द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । द्रुतमार्गको कुल लम्बाइ ललितपुरको खोकना (प्रस्थान विन्दु) देखि बाराको निजगढसम्म ७०.९७७ किलोमिटर छ । पछिल्लो पटक थप गरिएको म्याद अनुसार २०८१ मङ्सिरभित्र निर्माणको काम सक्नुपर्नेमा २०८३ चैतसम्म म्याद थप गरिएको छ । ७०.९७७ किमीमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुङ्गिएको छैन । सेनाका अनुसार यस आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...