देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठुला दलले सत्ता साझेदारी गरेका बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ । फरक प्रसङ्गमा उहाँले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिनुभएको थियो । रासस

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...