युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयोः मन्त्री चौधरी

Published on

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ । मङ्गलबार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो । मन्त्री चौधरीले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘‘देश सङ्घीयतामा गएको छ । स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक न्यायहरु हराउँदै गइरहेको छ । बालबालिकाहरुमा राम्रो प्रवृत्ति युवाहरुमा विस्तारै खस्किँदै गइरहेको छ । विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ । केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ । अहिले स्काउटमा एक लाख २८ हजार हुनुहुन्छ । अब सात लाख पुर्याउने लक्ष्य छ ।’ मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ । अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरु संशोधन भएको छ । अहिले पनि केही कुराहरु संशोधनका लागि मन्त्रालयमा पुगेको छ । त्यसमा सानो सल्लाह गर्न सकिन्छ । यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहं भूमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भूमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनसके राम्रो हुनेछ ।’’

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...