राष्ट्रपति उम्मेदवारका रुपमा ह्यारिसलाई पार्टीबाट औपचारिक अनुमोदन प्राप्त

Published on

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सोमबार डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रुपमा औपचारिक अनुमोदन प्राप्त गर्नुभएको छ ।

ह्यारिस पार्टीको तर्फबाट नेतृत्व गर्ने पहिलो महिला र पूर्वराष्ट्रपति ओबामापछिको दास्रो अश्वेत उम्मेदवार हुनुहुन्छ । राष्ट्रपति जो बाइडेनले अचानक आफ्नो उम्मेदवारी फिर्ता गरी ह्यारिसलाई समर्थन जनाउनुभएको थियो । ह्यारिसले पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको रुपमा औपचारिक अनुमोदन प्राप्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो । डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न एक हजार ९७६ प्रतिनिधिको समर्थन चाहिन्छ । जसमध्ये दुई हजार ५७९ ले उहाँलाई समर्थन गरेको एपीले जनाएको छ ।

‘डेमोक्र्याटिक नेसनल कन्भेन्सन’का प्रतिनिधिहरुको पाँच दिने अनलाइन मतदान सोमबार समाप्त भएपछि ह्यारिसले आधिकारिक मनोनयन प्राप्त गर्नुभएको हो । डेमोक्र्याटिक पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार ९९ प्रतिशत प्रतिनिधिले ह्यारिसको पक्षमा मतदान गरेका थिए । बाइडेनले राष्ट्रपतीय उम्मेदवारी फिर्ता लिएपछि ‘एपी–एनओरसी सेन्टर फर पब्लिक अफेयर्स’ ले गरेको रिसर्च पोलमा ४६ प्रतिशत अमेरिकीको ह्यारिसप्रति अनुकूल दृष्टिकोण रहेको पाइएको छ भने समान सङ्ख्याको उहाँको उम्मेदवारीप्रति प्रतिकूल धारणा रहेको छ । यद्यपि धेरै डेमोक्र्याटहरुले बाइडेनको तुलनामा ह्यारिसको उम्मेदवारीबाट सन्तुष्ट रहेको धारण व्यक्त गरेका छन् । ह्यारिसले लोकतन्त्र, हिंसा रोकथाम र गर्भपतनको अधिकार जस्ता विषयवस्तु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । रासस\एपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...