एकमहिने गुँला सुरु

Published on

काठमाडौं । बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने एकमहिने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाइन्छ । सो पर्वको समयमा परम्परागत बाजागाजासाथ बौद्ध चैत्यस्थलको परिक्रमा र दर्शन गरिन्छ । गुँला पर्वको अवसरमा विशेष गरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेष गरी बौद्धमार्गीको पर्व भए पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्छन् । गुँला पर्वमा बौद्धमार्गी विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गरिन्छ । बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यमा गुँला पर्वको समयमा भक्तजनको भिड लाग्ने गर्दछ ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जस अनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाउँदै चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको परिक्रमा गर्ने गरिन्छ । यी बाजा वादनका लागि उपत्यकाका बाजा समूहको सहभागिता रहन्छ । अझ त्यसमा पनि वाद्यवादनमा बालबालिकाको उपस्थिति ज्यादा पाइन्छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...