पहिरो पन्छाउने क्रममा ढुङ्गा लागेर लोडर चालक घाइते

Published on

काठमाडौं । पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते हुनुभएको हो । पृथ्वी राजमार्गमा नाग्दी खोलमा बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः३० बजेको समयमा माथिबाट आएको ढुङ्गाले लागेर अधिकारी घाइते हुनुभएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उहाँको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । ठुलो सुख्खा पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले एउटा स्काभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...