पहिरो पन्छाउने क्रममा ढुङ्गा लागेर लोडर चालक घाइते

Published on

काठमाडौं । पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते हुनुभएको हो । पृथ्वी राजमार्गमा नाग्दी खोलमा बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः३० बजेको समयमा माथिबाट आएको ढुङ्गाले लागेर अधिकारी घाइते हुनुभएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उहाँको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । ठुलो सुख्खा पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले एउटा स्काभेटर र एउटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...