विद्यालयलाई सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण

Published on

काठमाडौं । जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी निःशुल्क रूपमा प्याड सहित मेसिन उपलब्ध गराएको रामपुर नगरपालिकाले जनाएको छ । सरकारबाट सशर्त कार्यक्रमका रूपमा प्राप्त बजेटमार्फत २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरिएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउनुभयो । सशर्त कार्यक्रमको २० लाख रुपियाँमार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड खरिद गरी वितरण गरिएको बताउनुभयो । १ हजार ७ सय ५६ जना छात्रालाई ६(६ वटा पुग्ने गरी विद्यालयलाई प्याड उपलब्ध गराएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्ष नष्ट गर्ने मेसिन समेत प्रदान गरिएको बताउनुभयो । सेनिटरी प्याडले विद्यालयमा अध्ययनरत छात्राहरूलाई धेरै राहत मिलेको र प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...