भेरी अस्पतालमा ९ हजार बिरामीलाई उपचारमा सहुलियत

Published on

काठमाडौं । भेरी अस्पताल नेपालगञ्जले विपन्न समुदाय, जेष्ठ नागरिक र लक्षित वर्गका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०८०.८१ मा करिब नौं हजार बिरामीले सहुलियत सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । भेरी अस्पतालले सामाजिक सेवा इकाईमार्फत् मापदण्डमा परेका बिरामीलाई सहुलियत उपलब्ध गराउँदै आएको जनाएको छ । शाखा प्रमुख आशा पन्तका अनुसार गत आवमा ५२६ जना विपन्न व्यक्तिहरुलाई दुई करोड ८० लाख ९७ हजार ७४९ रुपियाँ विपन्न बिरामीलाई सहुलियत दिइएको जानकारी दिनुभयो । सिकलसेल, स्पाईनल, टाउको र मुटुका बिरामीले यसबाट सहयोग पाउने गरेका छन् । २१५ जना मुटुका बिरामीले मात्रै दुई करोड १५ लाखको सहुलियत प्राप्त गरेका छन् ।

यसैगरी सामाजिक सेवा ईकाईमार्फत ६ हजार ३४ जनालाई सहुलियत सेवा दिइएको छ । यसरी सेवा लिनेमा तीन हजार २४२ नयाँ बिरामी र दुई हजार ७९२ जनाले दोहो¥याएर सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । सामाजिक सेवा इकाईमार्फत् ९३ लाख ७३ हजार ६९९ रुपियाँ सहुलियत दिइएको छ । जेष्ठ नागरिकतर्फ एक हजार ९६ जना नयाँ र एकहजार ३२७ ले दोयाएर गरि दुई हजार ४२३ जनाले सहुलियत सेवा प्राप्त गर्नुभएको छ । जेरियट्रिकतर्फ ३५ लाख ८५ हजार ७०५ रुपियाँको सहुलियत दिइएको छ । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसुती, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्यूरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ । यस अस्पतालमा लुम्विनी सहित कर्णाली र सुदुरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तरप्रदेशबाट समेत विरामीहरु सेवा लिन आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा।प्रकाश थापाले जानकारी दिनुभयो । भेरीमा बढ्दो विरामीको चाप बढेकाले थप भौतिक पूर्वाधार सहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...