प्यालेस्टिनी कैदीविरुद्धको दुर्व्यवहार ह्वाइट हाउस चिन्तित

Published on

काठमाडौं । इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुर्व्यवहारको रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । संक्षिप्त पत्रकार भेटका क्रममा बोल्दै जिन–पियरेले अमेरिका सधैँ स्पष्ट इजरायलको पक्षमा रहेको बताउँदै बन्दीहरूलाई मानवीय व्यवहार अन्तर्राष्ट्रिय कानुन अनुसार गर्नुपर्ने बताउनुभएको हो । बन्दीहरूलाई मानवीय मर्यादाका साथ व्यवहार गरी बन्दीहरूको मानव अधिकारको सम्मान गर्नुपर्ने तथा दुर्व्यवहारका लागि जबाफदेहिता सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभएको छ । इजरायली रक्षा बलसंवद्ध सैनिकद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि गम्भीर प्रकृतिका दुर्व्यवहार गरेको अनुसन्धानपछिको दाबीलाई समर्थन गर्दै पियरेले कानुनको पालना गरी विधिको शासन र उचित प्रक्रिया कायम हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेताहरूको पहलले मात्र यस क्षेत्रको तनावबारे कूटनीतिक सम्झौता गरी युद्धविराम र बन्धक मुक्तिको सम्झौतालाई निष्कर्षमा ल्याइने जानकारी गराउनुभयो । यसबारेमा राष्ट्रपति बाइडेनसमेतले केही समयदेखि चासो राख्दै आएको बताउँदै उहाँले सम्झौताका लागि निरन्तर काम गरी कैदीको मानव अधिकार संरक्षण र मध्यपूर्वको तनाव व्यवस्थापन गर्न प्रयासरत रहेको बताउनुभएको छ । रासस\एएनआई

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...