जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

Published on

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ ।

एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको क्युशु रहेको छ । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि भूकम्पले पुर्‍याएको क्षति विवरण भने आइसकेको छैन ।

यसअघि गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा ७।६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...