नियमनमा कडाइ गर्न हवाई विज्ञको सुझाव

Published on

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तोके अनुसारको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) लागू नगरेको तथा विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेकोलगायतको विषयमा मन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको थियो । क्यानको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव दिइएको थियो । दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएकाले त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने सुझावहरु दिइएको थियो ।

क्यानको समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधार गर्नुपर्ने त्यसका लागि विचाराधीन विधेयक संसदबाट पास गर्नेतर्फ पहल हुनुपर्नेमा पनि उहाँहरुको जोड दिइएको थियो । मन्त्री पाण्डेले क्यानका पूर्वमहानिर्देशकहरुलाई मन्त्रालयमै बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि पूर्वमहानिर्देशकसँग सुझाव माग्नुभएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...