‘एक विद्यालय, एक नर्स’ कार्यक्रम: आठ सय अठचालिस विद्यालयमा विस्तार

Published on

काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य र शिक्षा क्षेत्रको महìवपूर्ण कार्यक्रम ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालय तहदेखि नै स्वास्थ्यमा सुधारसँगै विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न सहयोग पुग्न थालेपछि प्रदेश सरकारले सामुदायिक विद्यालयलक्षित यो कार्यक्रमको विस्तार गरेको छ ।

आर्थिक वर्ष २०७५\७६ मा २० वटा विद्यालयबाट सुरु गरिएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम छैटौँ वर्ष अर्थात् चालु आव २०८१\८२ मा ८४८ वटा सामुदायिक विद्यालयमा विस्तार गरिएको छ । चालु आवमा १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा लागु हुने गरी कार्यक्रम विस्तार गरिएको हो । विद्यालय तहका बालबालिकालाई सन्तुलित र पोषणयुक्त खानाका साथै स्वास्थ्य सजगता अपनाउन उत्पे्ररित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्धन गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गरिएको छ । कार्यक्रम अन्तर्गत सहरी तथा ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्ति गर्ने गरिएको छ । प्रदेश सरकारले किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्न भन्दै प्रदेश सरकारले आव २०७५र७६ मा कार्यविधि बनाएर कार्यक्रमको सुरुवात गरेको थियो । सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यव्रmम सञ्चालनसँगै शैक्षिक प्रभावकारिता बढ्दै गएको जनाएका छन् ।

विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाएपछि शिक्षण सिकाइ उत्प्रेरणा मिलेको र विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित परीक्षणले पठनपाठन सहजता हुने गरेको विद्यालयको भनाइ छ । गत आवमा प्रदेशका १३ जिल्लाका गत आवमा ५१९ विद्यालयमा सञ्चालन भएको यो कार्यक्रम चालु आवमा ३२९ विद्यालयमा थप गरी ८४८ विद्यालयमा विस्तार गरिएको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रवक्ता सतीश विष्टले चालु आवमा ३२९ जना विद्यालय नर्स थप गरेको जानकारी दिनुभयो । ‘एक विद्यालय, एक नर्स’ कार्यव्रम अन्तर्गत आव २०७६\७७ मा १२१ विद्यालयमा नर्स नियुक्ति गरी निरन्तरता दिइएको थियो । आव २०७७\७८ मा ३५९ र आव २०७८\७९ मा ४५९ वटा सामुदायिक विद्यालयमा विस्तार गरिएको थियो ।

चालु आवमा ४९ करोड बजेट

चालु आवमा निरन्तरता पाएको यस कार्यक्रमलाई प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा क्रमशः समुदायस्तरमा विस्तार गरिँदै लैजाने नीति लिएको छ । प्रदेश सरकारले चालु आवमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई ४९ करोड रुपियाँ विनियोजन गरेको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता विष्ट प्रदेश सरकारको महìवपूर्ण कार्यव्रmम भएको भन्दै विद्यालय तहबाट नै विद्यार्थीमा स्वस्थ जीवनशैलीको विकास गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको बताउनुहुन्छ । विद्यालय तहबाटै बालबालिकामा स्वस्थ जीवनशैलीको विकास गर्ने, यौन तथा प्रजनन स्वास्थ्यको सुधार गर्ने र सम्पूर्ण स्वास्थ्य क्षेत्रको सुधार गर्ने उद्देश्य कार्यक्रमको रहेको छ, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइमा पनि सहयोग पु(याउने लक्ष्य राखिएको छ ।” यसैबिच चालु आवमा चितवन, मकवानपुर र सिन्धुलीका विद्यालयमा नियुक्ति पाउने नवनियुक्त विद्यालय नर्सका लागि प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा पहिलो चरणमा हेटौँडामा अभिमुखीकरण कार्यव्रmम गरिएको छ । बाँकी १० जिल्लाका विद्यालय नर्सका लागि यही साउन २६ गतेसम्ममा काठमाडौँमा अभिमुखीकरण गर्ने कार्यक्रम छ ।

प्रवक्ता विष्टले कुल जनसङ्ख्याको ३४ प्रतिशत अर्थात् एक तिहाइभन्दा बढी बालबालिका विद्यालयमा रहने भएकाले स्वास्थ्य क्षेत्रमा यो कार्यक्रम महìवपूर्ण रहेको बताउनुभयो । उता प्रदेशका ८२ सामुदायिक विद्यालयमा अझै विद्यालय नर्सको पहुँच पुग्न सकेको छैन । काभ्रेपलाञ्चोकको १३, धादिङको ११, दोलखाको १२, नुवाकोटको १२, मकवानपुरको तीन, रसुवाको एक, रामेछापको आठ, ललितपुरको एक, सिन्धुपाल्चोकको १६ र सिन्धुलीका पाँच वटा सामुदायिक विद्यालयमा अझै ‘एक विद्यालय, एक नर्स’ कार्यव्रmम लागु भए पनि विद्यालय नर्स नियुक्ति हुन नसक्दा रिक्त हुन पुगेको हो । निर्देशनालयका प्रवक्ता विष्टले दुर्गम क्षेत्रका विद्यालयमा नर्स जान नमान्ने भएकाले विद्यालय नर्स रिक्त रहेको बताउनुभयो । विद्यालय नर्स कार्यक्रम सबैभन्दा बढी काठमाडौँ जिल्लामा १०८ वटा विद्यालयमा तथा काभ्रेपलाञ्चोकमा ९०, चितवनमा ७६, सिन्धुलीमा ८० र मकवानपुरमा ६२ वटा सामुदायिक विद्यालयमा लागु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...