अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

Published on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कमल प्रसाद खनालविरुद्ध गैरकानुनी लाभ लिइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा शुक्रबार पुनरावेदन गरिएको छ ।

जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०\७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्गक्रम अन्तर्गत नेपाल जलवायु परवर्तनको प्रचार प्रसारका लागि होर्डिङ बोर्ड निर्माण कार्यमा न्यू एकता इन्जिनियरिङ्ग वक्र्स नेपालगञ्ज, बाँकेको नामबाट मिति २०७१ वैशाख २४ को कर बिजक नं. ५८ को नक्कली बिलबाट होर्डिङ बोर्ड निर्माण गरेको भनी दुई लाख ४७ हजार ४९७ रुपियाँ र निर्मल लामिछानेको नक्कली भरपाइ स्रेस्तामा समावेश गरी २४ हजार रुपियाँ खर्च लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार झुट्टा बिल भरपाइ समावेश गरी खरिद नै नगरिएको सामानको ढुवानी बापत समेतको खर्च देखाइ खर्च लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो तीन लाख २६ हजार ४९७ रुपियाँ कायम गरी मुद्दा पुनरावेदन भएको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...