थारू समुदायले मनाए गुरही पर्व

Published on

काठमाडौं । थारू समुदायले धुमधामका साथ गुरही पर्व मनाएका छन् । कपडाको गुरही (गाइने किरा) चोक वा चौरमा सेलाएर गुरही पर्व मनाइने गरिन्छ । यस कार्यलाई थारू भाषामा ‘गुरही असरैना’ भनिन्छ । खास गरेर बालबालिकाको पर्वका रूपमा लिइने गुरहीमा किशोरकिशोरीसहित सबै उमेर समूहका मानिसले रमाउँदै पर्व मनाएका छन् ।

गुरही पर्वमा कपडाको गुरही बनाएर गाउँभन्दा दक्षिण दिशातर्फ रहेको चोकमा साँझपख सेलाउने चलन रहेको छ । यो पर्वमा बालिका वा किशोरीले आफूसँग ल्याएको गुरही चोकमा फाल्ने र बालक वा किशोरले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोँताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि गुरहीसँग ल्याइएको मकैको भुजा वा गेडागुडी बाँडेर खाने प्रचलन रहेको छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधी धपाउने गरेको मान्यता रहिआएको छ ।

गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधी नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारू अगुवा ठाकुर करिया प्रधानले बताउनुभयो । बर्सातको यो बेला आँखा पाक्ने, घाउखटिरा आउने, ज्वरोलगायतका स्वास्थ्य समस्या बालबालिकालाई हुने गर्छ । यसलाई थारू भाषामा ‘खाँज’ भन्ने गरिन्छ । गुरही पर्वले बालबालिकामा लाग्ने ‘खाँज’ हटाउने गरेको विश्वास लिइन्छ । खेतीपातीको कामपछि थारू समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उहाँले संस्कृति संरक्षणमा युवा पुस्ता लाग्नुपर्ने उल्लेख गर्नुभयो । धनगढीको गुरही चोकमा नाचगानसहित सामूहिक रूपमा गुरही पर्व मनाइएको छ । सखी सञ्जालसहित थारू सम्बद्ध विभिन्न सङ्घ संस्थाको आयोजनामा गुरही असरैना कार्यक्रम गरेर यो पर्व मनाइएको हो । गुरही चोकमा विगत १५ वर्षदेखि गुरही असरैना कार्यक्रमको आयोजना गरिँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...