थारू समुदायले मनाए गुरही पर्व

Published on

काठमाडौं । थारू समुदायले धुमधामका साथ गुरही पर्व मनाएका छन् । कपडाको गुरही (गाइने किरा) चोक वा चौरमा सेलाएर गुरही पर्व मनाइने गरिन्छ । यस कार्यलाई थारू भाषामा ‘गुरही असरैना’ भनिन्छ । खास गरेर बालबालिकाको पर्वका रूपमा लिइने गुरहीमा किशोरकिशोरीसहित सबै उमेर समूहका मानिसले रमाउँदै पर्व मनाएका छन् ।

गुरही पर्वमा कपडाको गुरही बनाएर गाउँभन्दा दक्षिण दिशातर्फ रहेको चोकमा साँझपख सेलाउने चलन रहेको छ । यो पर्वमा बालिका वा किशोरीले आफूसँग ल्याएको गुरही चोकमा फाल्ने र बालक वा किशोरले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोँताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि गुरहीसँग ल्याइएको मकैको भुजा वा गेडागुडी बाँडेर खाने प्रचलन रहेको छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधी धपाउने गरेको मान्यता रहिआएको छ ।

गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधी नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारू अगुवा ठाकुर करिया प्रधानले बताउनुभयो । बर्सातको यो बेला आँखा पाक्ने, घाउखटिरा आउने, ज्वरोलगायतका स्वास्थ्य समस्या बालबालिकालाई हुने गर्छ । यसलाई थारू भाषामा ‘खाँज’ भन्ने गरिन्छ । गुरही पर्वले बालबालिकामा लाग्ने ‘खाँज’ हटाउने गरेको विश्वास लिइन्छ । खेतीपातीको कामपछि थारू समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उहाँले संस्कृति संरक्षणमा युवा पुस्ता लाग्नुपर्ने उल्लेख गर्नुभयो । धनगढीको गुरही चोकमा नाचगानसहित सामूहिक रूपमा गुरही पर्व मनाइएको छ । सखी सञ्जालसहित थारू सम्बद्ध विभिन्न सङ्घ संस्थाको आयोजनामा गुरही असरैना कार्यक्रम गरेर यो पर्व मनाइएको हो । गुरही चोकमा विगत १५ वर्षदेखि गुरही असरैना कार्यक्रमको आयोजना गरिँदै आएको छ । गोरखापत्र

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...