आधारभूत अस्पताल कतै सञ्चालन, कतै अलपत्र

Published on

काठमाडौं । सङ्घीय सरकारको अगुवाइमा स्थानीय तहले निर्माण गर्ने भनिएका सात वटा आधारभूत अस्पतालमध्ये दुई वटा अस्पताल मात्र निर्माण भएका छन् । नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा आधारभूत अस्पताल निर्माण कार्य भएको हो । नौगाडमा गत वर्ष १० शय्याको आधारभूत अस्पताल निर्माण कार्य भएर पालिकालाई हस्तान्तरण गरी आधारभूत सेवा सञ्चालन गरिसकेको गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकामा एक महिनापहिले मात्रै भवन निर्माण गरेर निर्माण व्यवसायीले पालिकालाई हस्तान्तरण गरेको छ । आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

मार्मा गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको ८० प्रतिशत भौतिक प्रगति भएको सबइन्जिनियर विक्रम जोशीले बताउनुभयो । व्यास गाउँपालिकामा अस्पताल निर्माणको ६० प्रतिशत प्रगति भएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । यस्तै अपिहिमाल गाउँपालिकामा निर्माणाधीन अस्पतालको २० प्रतिशत मात्रै प्रगति भएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले बताउनुभयो । लेकम र दुहुँ गाउँपालिकामा भने आधारभूत अस्पताल निर्माण कार्य अलपत्र परेको छ । यी दुवै पालिकामा अस्पताल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी यमुना एन्ड जगदम्बा बिल्डर्स जेभीले पेस्की लगेर सम्झौता अनुसार काम नगरेको पाइएको छ ।

अस्पताल भवन निर्माणको ठेक्का लिएर पनि काम गर्ने ठेकेदार देवराज विष्टलाई कारबाही गर्नका लागि कार्यपालिकामा प्रस्ताव पेस गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । महाकाली नगरपालिकामा जिल्ला अस्पताल र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा रहेको अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा एकसाथ शिलान्यास गरिएका ५३ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र अवस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जग्गा प्राप्तिमा ढिलाइ, ठेकेदारको लापर्बाही, बजेट अभावलगायत विभिन्न कारणले अस्पताल निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेको जनप्रतिनिधिले बताएका हुन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...