कोरियासँग धान उत्पादन प्रविधिमा सहकार्यको अपेक्षा

Published on

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नुभएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकिएको र त्यसमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नेपालमै हाइब्रिड बिउबिजनको उत्पादन, उन्नत जातको आदानप्रदान, जैविक विषादीको उत्पादन, मिश्रित रासायनिक मल उत्पादनको क्षेत्रमा दक्षिण कोरियाको लगानी र प्रविधि निकै महत्वपूर्ण हुने अपेक्षा पनि मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । गणतन्त्र कोरिया सरकारबाट नेपाललाई उच्च नस्लका गाईहरू उपलब्ध गराई गरेको सहयोग सराहनीय रहेको छ र यसबाट दुग्ध क्षेत्र विकासमा कोसेढुङ्गा साबित हुने विश्वास लिएको धारणा उहाँले राख्नुभयो ।

भेटवार्तामा कोरियाका राजदूत तेयोङले नेपालबाट धेरै सङ्ख्यामा कृषि क्षेत्रमा कामदार गएको चर्चा गर्दै उनीहरूको स्वदेश फिर्ती पछि पनि कृषि क्षेत्रमै काम लगाउन सके यस क्षेत्रमा सकारात्मक परिवर्तन देखिने बताउनुभयो । कोरियाले नेपालको कृषि क्षेत्रमा गर्दै आएको सहयोगलाई वृद्धि गर्न चाहेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा यसैका लागि कोरियाली उच्चस्तरीय प्रतिनिधिको नेपाल भ्रमण हुन लागेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...