कोरियासँग धान उत्पादन प्रविधिमा सहकार्यको अपेक्षा

Published on

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नुभएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकिएको र त्यसमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नेपालमै हाइब्रिड बिउबिजनको उत्पादन, उन्नत जातको आदानप्रदान, जैविक विषादीको उत्पादन, मिश्रित रासायनिक मल उत्पादनको क्षेत्रमा दक्षिण कोरियाको लगानी र प्रविधि निकै महत्वपूर्ण हुने अपेक्षा पनि मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । गणतन्त्र कोरिया सरकारबाट नेपाललाई उच्च नस्लका गाईहरू उपलब्ध गराई गरेको सहयोग सराहनीय रहेको छ र यसबाट दुग्ध क्षेत्र विकासमा कोसेढुङ्गा साबित हुने विश्वास लिएको धारणा उहाँले राख्नुभयो ।

भेटवार्तामा कोरियाका राजदूत तेयोङले नेपालबाट धेरै सङ्ख्यामा कृषि क्षेत्रमा कामदार गएको चर्चा गर्दै उनीहरूको स्वदेश फिर्ती पछि पनि कृषि क्षेत्रमै काम लगाउन सके यस क्षेत्रमा सकारात्मक परिवर्तन देखिने बताउनुभयो । कोरियाले नेपालको कृषि क्षेत्रमा गर्दै आएको सहयोगलाई वृद्धि गर्न चाहेको उल्लेख गर्दै उहाँले निकट भविष्यमा यसैका लागि कोरियाली उच्चस्तरीय प्रतिनिधिको नेपाल भ्रमण हुन लागेको बताउनुभयो ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...