ब्राजिलमा विमान दुर्घटना : विमानमा सवार ६१ जनाको मृत्यु

Published on

काठमाडौं । ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।

एयरलाइन्सको प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुनेको सङ्ख्या ६१ रहेको बताएको छ । भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भएको विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्यहरू सवार थिए । ब्राजिलको क्षेत्रीय एयरलाइन्सको विमान दक्षिणी राज्य परानाको कास्केभेल सहरबाट साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलका लागि यात्रा गरिरहेको थियो । ६८ यात्रु बोक्न सक्ने क्षमता भएको उक्त विमान क्यापेला डे भिन्हेडोको छिमेकमा रहेका घरहरूमा खसेको थियो ।

उहाँले आफूले मानिसहरू उद्धारका लागि चिच्याइरहेको आवाज सुनेको बताउनुभयो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दक्षिणी राज्य सान्ता क्याटरिनाको इटाजाई बन्दरगाहमा आयोजित कार्यक्रममा सहभागी हुनुअघि एक मिनेट मौनधारण गर्न आह्वान गर्नुभयो । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...