ब्राजिलमा विमान दुर्घटना : विमानमा सवार ६१ जनाको मृत्यु

Published on

काठमाडौं । ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।

एयरलाइन्सको प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुनेको सङ्ख्या ६१ रहेको बताएको छ । भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भएको विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्यहरू सवार थिए । ब्राजिलको क्षेत्रीय एयरलाइन्सको विमान दक्षिणी राज्य परानाको कास्केभेल सहरबाट साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलका लागि यात्रा गरिरहेको थियो । ६८ यात्रु बोक्न सक्ने क्षमता भएको उक्त विमान क्यापेला डे भिन्हेडोको छिमेकमा रहेका घरहरूमा खसेको थियो ।

उहाँले आफूले मानिसहरू उद्धारका लागि चिच्याइरहेको आवाज सुनेको बताउनुभयो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दक्षिणी राज्य सान्ता क्याटरिनाको इटाजाई बन्दरगाहमा आयोजित कार्यक्रममा सहभागी हुनुअघि एक मिनेट मौनधारण गर्न आह्वान गर्नुभयो । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...