शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीव

Published on

काठमाडौं । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गर्नुभएको छ । एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीव वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिनुभयो । “यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभएपनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ ”, उहाँले भन्नुभयो ।

शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन्। म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ”, उहाँले बताउनुभयो । सजीवले बङ्गलादेशमा लोकतन्त्र र कानुन व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानुनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको दुर्दशा र कानुन प्रवर्तनको अभावलाई पनि प्रकाश पार्नुभएको छ । रासस\एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...