युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

Published on

काठमाडौं । रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् । रुसले यस प्रक्रियालाई रोक्नका लागि ट्याङ्क रकेट लन्चुर र उड्डयन एकाइसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ । रुसको आतङ्कवाद विरोधी समितिले शुक्रबार बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ ।

अभियान सुरु गरिएका क्षेत्रमा आगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ । आतङ्कवाद विरोधी समितिले युक्रेनले रुसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ । समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दाबी गर्नुभएको थियो ।

अभियानका क्रममा रुसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रुसले जनाएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...