‘कृषि क्षेत्रमा नेपालले चालेको कदममा चीनको सहयोग रहने’

Published on

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेना सोङले नेपालमा रासायनिक मल कारखाना स्थापनामा चीन सहयोग गर्न तयार रहेको बताउनुभएको छ । आफ्नो निवासमा पत्रकारसँग कुरा गर्दै राजदूत सोङले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै कार्य थालिने बताउनुभयो । आगामी एक वर्षभित्रमा मल कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम सकाउने धारणा उहाँले राख्नुभएको थियो । यसै गरी राजदूत सोङले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग मन्त्रालयमा बिहीबार भेटेर कृषि क्षेत्रका लागि नेपालले चालेको कदममा चीनको सहयोग रहने बताउनुभएको थियो । कृषिमा चीनले ठुलो उपलब्धि हासिल गरेको बताउँदै उहाँले च्याउको खेतीबाट चीनको गरिबी घटाउन सहयोग पुगेको धारणा राख्नुभयो ।

नेपालबाट भइरहेको र हुन सक्ने कृषि उपज र मासुजन्य वस्तुको निर्यातलाई सहजीकरण गरिदिन मन्त्री अधिकारीले राजदूत सोङलाई आग्रह गर्नुभयो । नेपालबाट चीनमा थर्मल प्रशोधित भैँसीको मासु निर्यात गर्नका लागि चीनको भन्सार प्रशासनसँग आवश्यक समन्वय भएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यससम्बन्धी प्रोटोकल मन्त्रीपरिषद्बाट स्वीकृत भई चिनियाँ पक्षमा पठाइसकिएकाले त्यस प्रोटोकलमा हस्ताक्षर गर्न तथा कार्यान्वयन गर्न राजदूतबाट विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्रालयले औषधिजन्य वनस्पति निर्यातका लागि चीनको भन्सार प्रशासनसँग समन्वय भएको र याक तथा चौँरीको नस्ल सुधार तथा मूल्य शृङ्खला प्रवर्धन गर्नका लागि चीन सरकारसँग अनुरोध गरेको छ । मन्त्री अधिकारीले दुई देशबिच भएको विभिन्न समझदारी र अन्य विषयमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्न सकिने आशा व्यक्त गर्नुभयो ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...