मिर्गौला उपचारका लागि जमुनालाई १५ लाख सहयोग

Published on

काठमाडौं । गल्याङ नगरपालिका–११ छापकी जमुना थापालाई उपचारका लागि रु. १५ लाख हस्तान्तरण गरिएको छ । दुई वटै मिर्गौलामा समस्या आएपछि पोखरामा उपचार गराइरहनुभएकी थापालाई मगर संघ गल्याङले नगद सहयोग हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको भन्दै परिवारले सहयोगको अनुरोध गरेपछि मगर सङ्घ गल्याङ नगर समितिले सहयोग सङ्कलन गरेको थियो ।

समितिले देश तथा विदेशमा रहनुहुने व्यक्ति तथा सङ्घ संस्थासँग सङ्कलन गरेको रु। १५ लाख जमुना र उनका श्रीमान यामबहादुर सोमैलाई हस्तान्तरण गरेको हो । साउन २५ सम्ममा यो रकम सङ्कलन भएको भन्दै थप रकम सङ्कलन हुने क्रममा नै रहेको मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार रानामगरले जानकारी दिनुभयो । रकम हस्तान्तरण गर्दै पूर्व सांसद महेन्द्र थापामगरले एक अर्कालाई परेको समस्यामा सहकार्य गर्दै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मानिसले खाने आहार व्यहारमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउने गरेको उहाँको भनाइ छ । बिरामी जमुनाका श्रीमान यामबहादुरले सहयोगको लागि सबैलाई धन्यवाद दिनुहुँदै थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...