डिभिजन वन कार्यालय बाँके उत्कृष्ट घोषणा

Published on

काठमाडौं । नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके वन अपराध र नियन्त्रणमा लुम्बिनी प्रदेश भरिमै उत्कृष्ट घोषित भएको छ । गत आर्थिक वर्ष ०८०–८१ मा लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ डिभिजन वन कार्यालयहरूमध्ये वन मन्त्रालय लुम्बिनी प्रदेशको मूल्याङ्कनमा वन अपराध र नियन्त्रण कार्यमा बाँके उत्कृष्ट कार्यालय बनेको हो । वन क्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापनमा सक्रिय र निरन्तर योगदान पुर्‍याई वन अपराध र नियन्त्रणमा प्रदेश भरिमै उत्कृष्ट कार्य गरेकोले उक्त भूमिकाको उच्च मूल्याङ्कन गर्दै डिभिजन वन कार्यालय बाँकेलाई प्रदेश वन मन्त्रालयले कदरपत्र प्रदान गरेको डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख वन अधिकृत वीरेन्द्र रोक्काले बताउनुभयो ।

उहाँले जिल्लामा रहेका सबै वन कार्यालयका युनिट र कर्मचारीहरूको मिहिनेतले गर्दा यो सफलता प्राप्त भएको बताउनुभयो । प्रदेशको वन वातावरण तथा जैविक विविधताको संरक्षण एवम् व्यवस्थापनका माध्यमबाट प्रदेशभित्रको रोजगारी र आयआर्जनमा योगदान पुर्‍याउन गत आर्थिक वर्ष ०८०–८१ मा वन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय बाँकेले वन अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुनेगरी उत्कृष्ट कार्य सम्पादन गरेकोले कदरपत्र प्रदान गरिएको सो कार्यालयले जनाएको छ । प्रदेश वन मन्त्रालयले लमही दाङमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा गत आर्थिक वर्षको प्रगति समीक्षा गोष्ठीको अवसरमा डिभिजन वन कार्यालय बाँकेलाई उत्कृष्ट घोषणा गरी कदरपत्र प्रदान गरेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...