गायक प्रकाशको निधन

Published on

काठमाडौं । ‘मान्छे रैछे खल्ली हजुर अर्कैसँग चली, प्रिय तिम्रै सिउँदोमा सिन्दूर भर्न देऊ।।।’ लगायत दर्जनौँ चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । गायक तिमिल्सिनाको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रकाशको शव राखिएको थियो । जिल्ला प्रहरीपरिसर, ललितपुरका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका–१८ स्थित आफ्नै कोठामा शनिबार राति ९ बजे मृत भेटिनुभएको हो । प्रहरीपरिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गायक तिमिल्सिना बेहोस अवस्थामा रहेको सूचना पाएपछि पाटन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।

सुनसरी प्रकाशपुरका तिमिल्सिनाले रियालिटी सो ‘नेपाली तारा’ बाट साङ्गीतिक यात्रा सुरु गर्नुभएको थियो । बाल्यकालदेखि नै गीत गाउने प्रकाशले ‘दिव्य दृष्टि’ (२०६६) र कलेक्सन एल्बम ‘आरती ६६’ सार्वजनिक गर्नुभएको थियो । ‘आरती ६६’ को ‘प्रिय तिम्रो सिउँदोमा’ गीतले प्रकाशलाई नेपाली गायनमा स्थापित गरिदिएको थियो । अङ्ग्रेजी र नेपालीसहित भाषाभाषी गीत गाउने क्षमता राख्ने प्रकाशले बाल्यकालमै दृष्टि गुमाउनुभएको थियो । विसं २०४४ वैशाख १ मा जन्मिएका प्रकाशले दुःखकष्टमै बाल्यकाल बिताउनुभएको थियो । २०४५ सालमा आएको कोशीको बाढीले प्रकाशको सिङ्गो परिवार नै बगाएको थियो । बाढीमा परेका प्रकाशलाई भोलिपल्ट माझीले माछा मार्ने क्रममा फेला पारेका थिए, जो प्रकाशकै मितबाबु थिए । बाढीमा परेर चोटैचोट भएका प्रकाशले दृष्टि गुमाएका थिए । घरबाहिर भएका कारण जीवित हजुरआमा देवीमाया तिमिल्सिनाले अरूको घरमा काम गरेर प्रकाशलाई हुर्काउनुभएको थियो ।

दृष्टि गुमेका कारण अन्य बालबालिकासँग खेल्न नसक्ने प्रकाश क्यासेट प्लेयरका गीत सुनेर गाउँदै बस्न थाल्नुभयो । त्यही क्रममा छरसात वर्षकै उमेरमा चकलेट र बिस्कुटको आसमा गाउँलेको आग्रह अनुसार प्रकाशले गीत गाउन थाल्नुभएको थियो । स्वर्गीय प्रकाशकी श्रीमती दिव्या तामाङ हुनुहुन्छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...