अर्थमन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता

Published on

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा। रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबिच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्याङ्कनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिव र महालेखा नियन्त्रक सम्झौतामा उल्लिखित कार्यकम कार्यान्वयनमा खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ सचिव डा. घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामञ्जस्य कायम गरी सम्झौतामा उल्लिखित क्रियाकलाप कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...