ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Published on

काठमाडौं । स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बारीकुनाबाट माटो लिई चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर चापाकोट नगरपालिका–१० को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी रामपुर नगरपालिका–४ घर भई चापाकोट नगरपालिका–१० बोटेटारमा बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका दमाईको चापाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । गोरखापत्र

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...