लमही आँखा अस्पतालमा विशेषज्ञ सेवा सुरु

Published on

काठमाडौं । दाङको लमही आँखा अस्पतालले नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ सेवा दिन थालेको छ । देउखुरी क्षेत्रका नागरिकलाई सहज रुपमा नाक, कान र घाँटीसम्बन्धी सेवा प्रदान गर्नका लागि विशेषज्ञ सेवा सुरु गरेको हो । नेपाल नेत्रज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रसहित लमही आँखा अस्पतालले दैनिक बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा प्रदान गर्ने गरेको नाक, कान र घाँटीरोग विशेषज्ञद्वारा उपचार तथा परामर्श सेवा दिइरहेको अस्पतालले जानकारी दिएको छ । करिब ८ वर्ष पहिलेदेखि प्राथमिक कान सेवा सुरु गरेको थियो । एक वर्ष अघिदेखि नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ डाक्टरबाट यो सेवा दिन सुरु गरिएको अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आँखासँगै नाक, कान र घाँटीको सेवा प्रवाह नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुचारु गरेको हो ।

लमही नगरपालिका–५ रातोडाँडास्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कट्ठा जमिनमा भवन निर्माण गरेर नाक, कान र घाँटी अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेको प्रमुख थापाले बताउनुभयो । लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजना समेत निर्माण गरेर आँखासँगै नाक, कान र घाँटीको पनि छुट्टै अस्पताल निर्माण गर्ने योजना रहेको नेपाल नेत्रज्योति सङ्घ दाङका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभएको छ । सभापति गिरीले नेपाल नेत्रज्योति संघले आँखासँगै नाक, कान र घाँटी रोगको उपचार दिनका लागि सुविधासम्पन्न अस्पतालको भवन निर्माण गर्ने तयारी अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामीले प्राथमिक उपचार सेवा अस्पताल र उपचार केन्द्रबाट दिएका छौँ, अब लमहीबाट विशेषज्ञ सेवा दिइरहेका छौँ, छिट्टै भविष्यमै अस्पतालको रूपमा विकास गर्ने योजना छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल छन्द कालेबाबु नारायणी आँखा अस्पताल र रुकुम आँखा उपचार केन्द्रले करिब ५० हजार बढीलाई प्राथमिक कान उपचार सेवा दिइसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...