रुस युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै

Published on

काठमाडौं । रुस र युक्रेनबिचको युद्धका क्रममा युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रुसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रुसी गभर्नरले सोमबार बताउनुभएको छ ।

बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत जारी गरेको भिडियोमा क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गर्नुभयो । रुसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उहाँले बताउनुभयो । उहाँले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिनुभयो । यसैगरी बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सीमामा विपक्षीका गतिविधि बढेको जनाउँदै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ । रासस

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...