रुस युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै

Published on

काठमाडौं । रुस र युक्रेनबिचको युद्धका क्रममा युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रुसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रुसी गभर्नरले सोमबार बताउनुभएको छ ।

बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत जारी गरेको भिडियोमा क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गर्नुभयो । रुसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उहाँले बताउनुभयो । उहाँले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिनुभयो । यसैगरी बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सीमामा विपक्षीका गतिविधि बढेको जनाउँदै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...