भदौदेखि कुवेत उडान गर्दै हिमालय

Published on

काठमाडौं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने जनाएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको हो ।

हिमालयले मङ्गलबार १२:४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३:१५ मिनेटमा अवतरण गर्ने उल्लेख गरेको छ । कुवेतबाट सोही दिन ४:१५ मिनेटमा उडान गरेर ११:५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने जनाइएको छ । एयरलाइन्सले यसका लागि कुवेतमा जेनरल सेल्स एजेन्टमा सजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ ।

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...