इरानद्वारा इजरायलविरुद्ध सैन्य आक्रमणको धम्की रोक्ने पश्चिमी आह्वान अस्वीकार

Published on

काठमाडौं । इरानले गत महिनाको अन्त्यमा तेहरानमा भएको हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यामा संलग्न इजरायलविरुद्ध सैन्य आक्रमणको आफ्नो धम्की फिर्ता लिन भनिएको पश्चिमी आह्वानलाई अस्वीकार गरेको छ ।

“फ्रान्स, जर्मनी र बेलायत जसले यहुदी शासनले गरेको अन्तर्राष्ट्रिय अपराधमा कुनै आपत्ति जनाएको छैन, उनीहरुले निर्लज्ज रूपमा इरानलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने शासनविरुद्ध कुनै प्रतिरोधात्मक कारबाही नगर्न आग्रह गरिरहेका छन्”, विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले एक विज्ञप्तिमा भन्नुभयो । “यस्तो अनुरोधमा राजनीतिक तर्कको अभाव छ, अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र नियमको उल्लङ्घनका बावजुद इजरायललाई सार्वजनिक र व्यावहारिक समर्थन गर्छ,” उहाँले भन्नुभयो । इरान र यसका सहयोगीहरूले जुलाई ३१ मा राष्ट्रपति मसूद पेजेस्कियनको शपथ ग्रहणका लागि तेहरानको भ्रमण गर्दा नेता हनियाको हत्याका लागि इजरायललाई दोषी ठहराएका छन् । इजरायलले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

इजरायल–हमास युद्धका कारण पहिले नै तनावमा रहेको मध्यपूर्वमा ठूलो द्वन्द्व रोक्न पश्चिमी कूटनीतिज्ञहरूले एकता जनाएका छन् । संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीले सोमबार एक विज्ञप्तिमार्फत इरानलाई आफ्नो धम्की फिर्ता लिन अनुरोध गरेका हुन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली र संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामीले इरानलाई इजरायलविरुद्ध सैन्य आक्रमणको धम्कीलाई रोक्न आह्वान गरेका छौं र यस्तो आक्रमण भएमा क्षेत्रीय सुरक्षामा हुनसक्ने गम्भीर परिणामबारे जानकारी गराएका छौँ ।” रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...