इरानद्वारा इजरायलविरुद्ध सैन्य आक्रमणको धम्की रोक्ने पश्चिमी आह्वान अस्वीकार

Published on

काठमाडौं । इरानले गत महिनाको अन्त्यमा तेहरानमा भएको हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यामा संलग्न इजरायलविरुद्ध सैन्य आक्रमणको आफ्नो धम्की फिर्ता लिन भनिएको पश्चिमी आह्वानलाई अस्वीकार गरेको छ ।

“फ्रान्स, जर्मनी र बेलायत जसले यहुदी शासनले गरेको अन्तर्राष्ट्रिय अपराधमा कुनै आपत्ति जनाएको छैन, उनीहरुले निर्लज्ज रूपमा इरानलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने शासनविरुद्ध कुनै प्रतिरोधात्मक कारबाही नगर्न आग्रह गरिरहेका छन्”, विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले एक विज्ञप्तिमा भन्नुभयो । “यस्तो अनुरोधमा राजनीतिक तर्कको अभाव छ, अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र नियमको उल्लङ्घनका बावजुद इजरायललाई सार्वजनिक र व्यावहारिक समर्थन गर्छ,” उहाँले भन्नुभयो । इरान र यसका सहयोगीहरूले जुलाई ३१ मा राष्ट्रपति मसूद पेजेस्कियनको शपथ ग्रहणका लागि तेहरानको भ्रमण गर्दा नेता हनियाको हत्याका लागि इजरायललाई दोषी ठहराएका छन् । इजरायलले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

इजरायल–हमास युद्धका कारण पहिले नै तनावमा रहेको मध्यपूर्वमा ठूलो द्वन्द्व रोक्न पश्चिमी कूटनीतिज्ञहरूले एकता जनाएका छन् । संयुक्त राज्य अमेरिका र युरोपेली सहयोगीले सोमबार एक विज्ञप्तिमार्फत इरानलाई आफ्नो धम्की फिर्ता लिन अनुरोध गरेका हुन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली र संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामीले इरानलाई इजरायलविरुद्ध सैन्य आक्रमणको धम्कीलाई रोक्न आह्वान गरेका छौं र यस्तो आक्रमण भएमा क्षेत्रीय सुरक्षामा हुनसक्ने गम्भीर परिणामबारे जानकारी गराएका छौँ ।” रासस\एएफपी

ताजा समाचार

ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग...

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी...

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको...

पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर...