प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरूको प्राप्तिलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले दुई ठुला दलबिचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । रासस

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...