विश्वव्यापी तेल माग वृद्धि सुस्त

Published on

काठमाडौं । चीनमा कमजोर निर्माण र औद्योगिक गतिविधिका कारण वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी तेलको मागमा सुस्त वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले मङ्गलबार बताएको छ ।

“सन् २०२४ र २०२५ दुवैमा एक एमबिडी (मिलियन ब्यारेल प्रतिदिन) भन्दा कम माग बढ्नेछ”, आइइएले आफ्नो मासिक तेल प्रतिवेदनमा भनेको छ । उक्त वृद्धि दर गत वर्षको दुई दशमलव एक एमबिडीको तुलनामा अत्यन्त सुस्त हो र महामारीपूर्व विस्तारको तुलनामा सुस्त हो । सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने एजेन्सीले अपेक्षा गरेको छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो । समग्र मागमा गिरावट हुने युरोप एक मात्र महादेश हुनेछ भने अमेरिकामा सामान्य वृद्धि हुनेछ । आइइएका अनुसार चीनलगायत एसिया–प्रशान्त क्षेत्रमा मागको तीव्र विस्तार जारी रहने छ ।

यद्यपि मुख्यतया निर्माण उद्योगहरूले प्रयोग गर्ने डिजेल र नेफ्थाको कमजोर मागका कारण चिनियाँ तेलको माग जुनमा लगातार तेस्रो महिनाका लागि घटेको छ । प्राकृतिक ग्यास वा ब्याट्रीमा चल्ने ट्रकको बढ्दो सङ्ख्याले पनि चीनमा डिजेलको माग घटिरहेको आइइएले जनाएको छ । “निर्माण र उत्पादनमा आएको सुस्तता, वैकल्पिक इन्धनद्वारा सञ्चालित सवारी साधनहरूको द्रुत विस्तार र मजबुत पोस्ट–ओपनिङ बेसलाइनको तुलनामा चीनको तेलको मागमा वृद्धि उल्टिएको छ”, ऊर्जा नीतिमा तेल खपत गर्ने मुलुकहरूलाई सल्लाह दिने आइइएले भनेको छ । एजेन्सीले चाइना प्यासेन्जर कार एसोसिएसनबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै विद्युतीय कारको बिक्री पनि बलियो रहेको बताएको छ । जुलाईमा विद्युतीय कारको बिक्री ५० प्रतिशतभन्दा बढी रहेको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...