कर्पोरेट टी–१० क्रिकेट हुने

Published on

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ ।

२० टोलीले सहभागिता रहने लिगलाई गोदावरी स्टिल्सले मुख्य प्रायोजन गर्नेभएको छ । ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ । विजेताले आगमी संस्कणमा निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई थाइल्यान्ड भ्रमणको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट फिल्डर र विकेटकिपरले पोखराका लागि दुईतर्फी हवाइ टिकट प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच’लाई ट्रफी र आइएमइ पेबाट रकम प्रदान गरिनेछ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...